काभ्रे,देबराज उप्रेती,
काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले सोनम ल्होछार पर्वको अवसरमा एकदिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । बेथानचोक गाउँपालिका अन्तर्गतका सम्पुर्ण सरकरी तथा सार्बजनिक कार्यालयहरुलाई सार्बजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले आज एक सुचना जारी गर्दै माघ १९ गते सोनम ल्होछार पर्वको दिन सार्बजनिक बिदा दिने जनाएको हो । नेपाल तामाङ युबा घेदुङ, संघीय सचिवालय, काठमाडौको मिति २०८७–१०–१० को पत्रबाट तामाङ समुदायले मान्ने मुख्य राष्ट्रिय सास्कृतिक पर्व सोनम ल्होछारको दिन सार्बजनिक बिदाको माग भएको र साथै गाउँपालिकाभित्र तामाङ समुदायको बहुल्यता रहेको कुरालाइ मध्यनजर गर्दै बेथानचोक गाउँपालिकाले माघ १९ गते बुधबार एकदिन सार्बजनिक बिदा दिएको हो ।
यसअघि जिल्लाको तेमाल गाउँपालिका, रोशी गाउँपालिका ले ३ दिन सार्बजनिक बिदा दिने निर्णय गरिसकेको छ । सोनाम ल्होछार पर्वको अवसरमा बेथानचोक गाउँपालिकाले सम्बन्धित समुदायहरुमा सोनम ल्होछार पर्वको मङलमय सुभकामना समेत ब्यक्त गरेको छ ।