काभ्रे,
डढेलो लाग्ने मौसम सुरु भइसकेको अवस्थामा पुर्वतयारीका काम भइरहेको सरकारले दाबी गरेको छ ।विशेषगरि फागुन महिनादेखि जेठ महिनासम्म वनमा लाग्ने डढेलोका कारण वर्षेनि जनधनको क्षति हुनेगरेकाले डढेलोका घटनालाई न्यूनीकरण गर्न पुर्वतयारी भइरहेको सरकारले बताएको छ । सामुदायीक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकले वनमा लागेको डढेलो स्याउलाको भरमा निभाउनुपर्ने स्थिती रहेको भन्दै तालिम र प्रविधिको व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले चैत लागेपछि मात्रै सरकार तयारी गर्न लागिपर्ने र त्यस्ता तयारी पनि औपचारिकतामा सिमित हुँदा वन डढेलो न्यूनीकरण हुन नसकेको बताउनुभयो । डढेलो लाग्ने समय आउँदै गर्दा केही प्रदेश सरकारले पुर्वतयारीका कार्यक्रम अघि सारेका छन् । सबैभन्दा बढि १० लाख ९० हजार ८ सय ८० हेक्टरबन क्षेत्र रहेको बागमती प्रदेशमा, बल्ल डढेलो न्यूनीकरण योजना बनाउने क्रम सुरु भएको छ ।
वन तथा वातावरण मन्त्री विशाल खड्काले पारिश्रमिककै व्यवस्था गरेर डढेलो न्यूनीकरण गर्न जनशक्ति परिचालन गर्ने काम भइरहेको बताउनुभयो । गएको वर्ष मात्रै देशका विभिन्न स्थानका करिव ४ हजार ५ सय वनमा डढेलो लागेको थियो ।