काभ्रे,
विभिन्न पार्टी छाडेर रोशी गाउँपालिकामा मात्रै दुई सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नेपाली काँग्रेस बनेपा नगर समितिद्धारा पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी, एमाले, माओवादी लगायत पार्टी छाडेर दुई सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।
जनता समाजवादी युवा संघका केन्द्रीय उपमहासचिव सुनिल छेवाङ लगायत दुई सय जना काँग्रेस प्रवेश गरेका छन ।
उनीहरुलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सभापति तीर्थ लामा लगायतले उनीहरुलाई सदस्यता दिएर प्रवेश गराएका छन । उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य लगायत एक हजार भन्दा बढी बनेपा, पनौती, रोशी, महाभारत, खानीखोला, बेथानचोक, धुलिखेल लगयातका नागरिकहरु काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसका सचिव गुणराज मुक्तानले जानकारी दिएका छन ।