काभ्रे,
विभिन्न मुद्दामा फरार रहेका काभ्रेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बैंकिङ कसूर मुद्दामा फरार रोशी गाउँपालिका वडा नं ५ का मेख बहादुर लामा , सार्वजनिक अपराध मुद्दामा फरार भुम्लु गाउँपालिका वडा नं ८ का अनिमेश लामा र बुहविवाह मुद्दामामा फरार भुम्लु गाउँपालिकाको वडा नं ८ का कान्छाराम माझी रहेका छन । बैंकिङ कसूर मुद्दामा फरार रहेका रोशी गाउँपालिका ५ का मेख बहादुर लामालाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ ।
त्यसैगरि,सार्वजनिक अपराध मुद्दामा फरार रहेका भुम्लु ८ का अनिमेश लामा र बुहविवाह मुद्दामा फरार रहेका भुम्लु गाउँपालिकाको वडा नं ८ का कान्छाराम माझीलाई पनि प्रहरीले आजै पक्राउ गरेको बताएको छ । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।