काभ्रे,
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा शान्ति स्थापना र स्थिरता कायमका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । गठबन्धनले आज बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बुटवलको सुकुम्वासी समस्या समाधान गर्न, तराईको नागरिकता समस्यालाई सधैका लागि अन्त्य गर्न गठबन्धनका उम्मेदवार जिताउनुपर्नेमा जोड दिएका छन् । देउवाले प्रजातन्त्रको भविष्य बलियो बनाउन गठबन्धनलाई बलियो बनाउनु पर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् ।
उहाँले गठबन्धनकै कारण मुलुकका जनताले बोल्न, लेख्न र आफ्नो अधिकारको वकालत गर्न पाएको भन्दै बर्तमान समयको निरंकुशता अन्त्यका लागि पनि गठबन्धनको आवश्यकता रहिरहेको औंल्याएका छन् ।