काभ्रे
रोशी ३ भदौरेमा स्थित श्री शिखर वचता तथा ऋण सहकारी संस्था लि. को बाह्रौ वार्षिक साधारण सभा तथा पाँचौ अधिबेशन सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष सन्तविर लामाको सभापत्विमा रोशी गाउँपालिका प्रमुख डि.वि. लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संस्थाको अध्यक्ष श्याम सुन्दर कार्कीले जानकारी दिनभयो ।
संस्थामा श्याम सुन्दर कार्कीको अध्यक्षतामा ९ जनाको संचालक समिति, सन्तविर लामाको संयोजकत्वमा ३ जनाको लेखा तथा सुपरिवेक्षण समिति र ४ जनाको ऋण उप समिति गठन गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
प्रमुख अतिथि डि.वि. लामाले गठन भएका समिति तथा उप समितिले आगामि दिनका आफू माथिको जिम्मेवारी पूर्ण रुपमा वहन गर्न अनुरोध गर्दै आर्थिक विकासको निम्ति अगाडि वढ्न आग्रह गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।