Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

संसदीय समितिलाई प्रभावकारी बनाउन छलफल र परामर्श बढाउछुः बागमती प्रदेश सभामुख सानुकुमार श्रेष्ठ

Roshikhabar by Roshikhabar
जेष्ठ १०, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
संसदीय समितिलाई प्रभावकारी बनाउन छलफल र परामर्श बढाउछुः बागमती प्रदेश सभामुख सानुकुमार श्रेष्ठ
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको समग्र सुशासनका लागि संसदीय समितिलाई प्रभावकारी बनाउन छलफल र परामर्श बढाउने बताएका छन् । विकास, निर्माण लगायतका क्रियाकलापमा विभिन्न अनियमितता, अपारदर्शिताका बारेमा सार्वजनिक सञ्चारमाध्यममा आएका खबरमा पनि संसद र संसदीय समितिको चासो हुने भन्दै सभामुख श्रेष्ठले नागरिकस्तरमा पनि चेतनाको विकास हुनुपर्ने बताएका छन् । गाउँस्तरमा हुने अनियमितताका घटनाका बारेमा जानकारी राख्ने, सरोकारवाला निकायमा खबर गर्ने बानीको विकास सर्वसाधारण व्यक्तिमा आवश्यक रहेको सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् । यूएनडीपी संसद सहयोग परियोजनासँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मकवानपुरको हेटौँडामा गरेको ’सुशासनका लागि संसद, सांसद र संसदीय समितिको भूमिका’ विषय सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी एक सयभन्दा धेरै सहभागीहरुले कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन र खुला संसदको अभ्यासलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सुझाव दिएका थिए ।
सार्वजनिक सुनुवाइमा सार्वजनिक लेखा समितिका सभापति न्ह्च्छेनारायण श्रेष्ठले चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारी कार्यालय र समिति तथा संस्थातर्फ ७२ करोडभन्दा धेरै बेरुजु देखिएको उल्लेख गर्दै उक्त रकम उठाउनका लागि समितिले सजग गराउने तथा ताकेता पनि गरिरहेको दावी गरेका छन् । समितिले दिएका निर्देशनको पूर्ण पालना नभएको जानकारी गराउँदै उहाँले सरकारमा सहभागी भएको दलबाट आफू लेखा समितिको सभापतिमा भए पनि सुशासनका लागि कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागीहरुले प्रतिपक्षी दलका सांसादले सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्ने अभ्यासको पालना नभएको बारेमा प्रश्न गरेका थिए । गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष आरती पाठकले कानुन निर्माणमा सरोकारवाला निकायको सहभागिता कम्जोर भएको भन्दै आगामी दिनमा सुधार गर्दै अघि बढ्न सुझाव दिएका छन् । सञ्चारकर्मीका लागि संसदीय समितिका बैठकहरुमा निर्वाध आउनेजाने वातावरण मिलाउनुपर्ने अन्तरक्रियामा सहभागी पत्रकारहरुको माग थियो । जवाफमा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले आफ्नो समितिको बैठकमा पत्रकारलाई कहिल्यै नरोकेको र आगामी दिनमा पनि नरोक्ने प्रतिबद्धता जनाएका छन् ।

Facebook Comments Box
Previous Post

तेमाल७ का नव निर्वचित वडा अध्यक्ष सोमवार पदभार ग्राहण

Next Post

काभ्रेमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्यामा कमी

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
काभ्रेमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्यामा कमी

काभ्रेमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्यामा कमी

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.