काभ्रे,
एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफलको गृहकार्य नपुगेपछि प्रतिनिधिसभा (संसद) बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ,तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिएकि छिन ।
Facebook Comments Box