Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home रोशी खबर

सताब्दी पुरुष जोशीद्धारा चेतकी राज्यलक्ष्मी सम्मान (पुरस्कार) तथा लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार वितरण

Roshikhabar by Roshikhabar
पुस २४, २०७६
in रोशी खबर, साहित्य
0
सताब्दी पुरुष जोशीद्धारा चेतकी राज्यलक्ष्मी सम्मान (पुरस्कार) तथा लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार वितरण
0
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

मदनकृष्ण सिलवाल-पौष २४,
काठमाडौँ/

चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा लेखक तथा समाजसेवी युवराजसिंह कार्की र जुलुम कार्कीद्वारा स्थापित चेतकी प्रज्ञा सम्मान (पुरस्कार) तथा सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार एक समारोहबीच कार्यक्रमका प्रमुख अथिति एवम् बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रदान गरेका छन् । यसै अवसरमा चेतकी प्रज्ञा सम्मान (पुरस्कार)– २०७६ संस्कृति तर्फ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ तथा २०७६ इतिहासतर्फ ‘संशोधन मण्डल’लाई प्रदान गरिएको छ । यो सम्मान संशोधन मण्डलका सदस्य तथा प्राज्ञ दिनेशराज पन्तले ग्रहण गर्नुभएको हो । यी दुवै सम्मान (पुरस्कार) को राशि रू ५०,०००।– (पचास हजार) रहेको छ ।
त्यस्तै चेतकी प्रज्ञा–सम्मान–२०७५ हिन्दू धर्म–दर्शन तर्फ संस्कृतविद प्रा.डा. दीर्घराज घिमिरे, ललितकला–२०७४ तर्फ वरिष्ठ कलासाधक तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, बौद्ध धर्म–दर्शन –२०७३ तर्फ संस्कृतिविद प्रा.डा. शङ्कर थापा तथा नेपाली भाषा साहित्य– २०७२ तर्फ वरिष्ठ भाषाविद् प्रा.डा. चुडामणि बन्धुलाई प्रदान गरिएको छ । यी चारवटै सम्मान–पुरस्कारको राशि रु. ३०-३० हजार रहेको छ ।
त्यस्तै, सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार (२०७६) प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधानसम्पादक चेतनाथ धमलालाई प्रदान गरिएको छ । साथै, सो पुरस्कार–२०७५ का लागि ‘शब्द संयोजन’ साहित्यिक मासिक, २०७४ लागि ‘नवप्रज्ञापन’ साहित्यिक त्रैमासिक, २०७३ का लागि ‘सङ्गम अभियान’ साहित्यिक मासिक र २०७२ का लागि ‘श्रृङ्खला’ साहित्यिक मासिकलाई प्रदान गरिएको छ । यी पाँचवटै पुरस्कारको राशि रू. ३०-३० हजार त्यसैगरी चेतकीराज्यलक्ष्मी कार्की स्मृति छात्रावृत्ति त्रि.वि., लिटल एन्जेल्स उमावि, बुढानीलकण्ठ उमावि, देउराली प्रा.वि., लेले र ज्ञान प्रकाश उमावि ओखलढुङ्गामा अध्ययनरत २१ जना विद्यार्थीलाई ४१ हजार राशिको छात्रावृत्ति सो प्रतिष्ठानका संरक्षिका श्रीमती जुलुम कार्की तथा अध्यक्ष प्रा. विद्याधर शर्मा भट्टराईले प्रदान गरेका थिए ।
कार्यक्रममा सताब्दी पुरुष जोशीले भाषा–साहित्य, संस्कृति, कला र इतिहासको संरक्षण र सम्बद्र्धन गर्न सरकारको ध्यानाकर्षित गराएका थिए । प्रतिष्ठानका महासचिव युवराजसिंह कार्कीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । वरिष्ठ गीतकार चेतन कार्कीको अध्यक्षतामा सम्पन्न समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपाल साहित्यिक पत्रकार संघका निवर्तमान अध्यक्ष रोचक घिमिरे, योगविद् डा.टीपी धमला र गोरखापत्रका नायवकार्यकारी सम्पादक तुलसीहरि कोइरालाले आ–आफ्नो मन्तव्य राखेका थिए । सो सम्मान पुरस्कार वितरण समारोहको सञ्चालन साहित्यकार राधा कार्कीले गरेकी थिईएन् ।

Facebook Comments Box
Previous Post

रोशी क्षेत्रको नगाँउमा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न

Next Post

नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’ (भिडियो सहित)

Roshikhabar

Roshikhabar

Related Posts

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
Roshi Khabar E-Paper

बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

by Roshikhabar
जेष्ठ १, २०७९
नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ १, २०७९
पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धि

by Roshikhabar
जेष्ठ १, २०७९
Next Post
नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’ (भिडियो सहित)

नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’ (भिडियो सहित)

Live Radio Schedule

Recent News

  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणनाजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धीजेष्ठ १, २०७९
  • नमोबुद्धमा १ मा स्वतन्त्र बाट वडा अध्यक्षमा प्रेम बहादुर तामाङ विजयीजेष्ठ १, २०७९
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धिजेष्ठ १, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • बेथानचोकको ढुंखर्कमामा अझै सुरु भएन स्थगित भएको मत गणना
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन वृद्धी
  • पेट्रोलियम पदार्थको मूल्यमा पुन बृद्धी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.