काभ्रे,
कालो झण्डा देखाएर सभामुख अग्नि सापकोटालाई धुलिखेलमा विरोध प्रदर्शन गरिएको छ । सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन काभ्रे आएका सभामुख अग्नि प्रसाद सापकोटालाई आज बिहान ९ः ३० मा राष्ट्रिय युवा संघ काभ्रे र अनेरास्ववियु काभ्रेले संयुक्त रुपमा काभ्रेको धुलिखेलमा कालो झण्डा देखाएर बिरोध प्रर्दशन गरेका हुन् ।
राष्ट्रिय युवा संघ काभ्रे र अनेरास्ववियु काभ्रेले एमसीसी खारेज, एमालेले कारबाही गरेका सांसदहरुलाई .पदमुक्त नगरेको, सापकोटा फरार अपराधी भ्रएकाले उनलाई कारबाहीको माग गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ काभ्रेको संयोजक सागर रायमाझीले बताएका छन । सोहि क्रममा प्रहरीसंग ठेलमठेल हुँदा एमाले धुलिखेल नगर कमिटी सचिब एवं वडाध्यक्ष बिष्णु धिताल (काभ्रेली) अनेरास्ववियु जिल्ला इञ्चार्ज शालिकराम पराजुली, अनेरास्ववियु काभ्रेका सचिब मिलन गौतम र उपसचिब युवराज दाहाल घाइते भएका छन ।