काभ्रे,
समयमा पाठ्यपुस्तक नपुग्दा देशभरका झण्डै २४ लाख विद्यार्थीको पठनपाठनमा प्रत्यक्षरुपमा प्रभाव परेको छ । स्थानीय निर्वाचनमा मतपत्र छपाईको काम गर्नुपरेकाले समयमै पाठ्यपुस्तक छपाई गर्न नसकिएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । जसका कारण शैक्षिक सत्र सुरु भएपनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन ।
नयाँ शैक्षिक सत्रमा सरकारले चार, सात र नौ कक्षाका लागि नयाँ पाठ्यक्रम लागु गरेको छ । तर नयाँ पाठ्यक्रमअनुसारका पुस्तक नपुग्दा तीन वटा कक्षामा अध्यनरत झण्डै २४ लाख बालबालिकाको पठनपाठन प्रभावित भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अझै ३५ लाख पुस्तक छपाई गर्न बाँकी छ ।