काभ्रे,
तेमाल गाउँपालिकाको वडा नं ३ सरमथलिमा निर्माण भएको नवनिर्मित वडाकार्यालय भवन को उद्घाटन गरिने भएको छ । गाउँपालिकाले एक सुचना जारि गर्दै “विकाश निर्माणमा उच्चतम जन सहभागिता, शु शासन र समृद्ध नमुना सुबिधायुक्त, शरमथलि कुडुवाल हामा्रे प्रतिबद्धता” भन्ने मुल नाराका साथ गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङको अतिथ्यतामा यहि १२ गते शनिबारका दिन भवन को उद्घाटन गर्न लागिएको जनाईएको छ ।
तेमाल गाउँपालिका ३ वडा कार्यालय सरमथलि कुडुवालमा १२ गते शनिबारका दिन १० बजे हुने भवन उद्घाटन तथा बिबिध साँस्कृतिक कार्यक्रममा सम्पुर्ण वडावासिहरु एवम् आमनागरिकहरुलाई सहभागि हुन गाउँपालिकाले अपिल गरेको छ ।