काभ्रे,देबराज उप्रेती,
तेमाल गाउँपालिका ३ सरमथलीका अपाङ्ग कार्ड लिन छुटेका अपाङ्ग ब्यक्तिहरुलाई अपाङ्ग कार्ड वितरण गरिएको छ । सरमथलीका अपाङ्ग कार्ड लिन छुटेका ब्यक्तिहरुलाइ मंगलबार (४ गते) गाउँपालिका उपप्रमुख दुर्गा माया तामाङ, स्वास्थ्य सस्थाका प्रमुख शिव हरि पाठक, जिल्लाबाट आएका डाक्टरहरुको टोलि र वडा अध्यक्ष बिस्णु बाहादुर तामाङ को सहयोग मा अपाङ्ग भएर पनि अपाङ्ग कार्ड लिन छुटेका ३ जाना लाई कार्ड वितरण गरिएको हो । वडा नं ३ सरमथलीको साथै सोही दिन वडा नम्बर २ सर्स्युखर्कका दोर्जे तामाङलाई पनि सरमथली बाटै अपाङ्ग कार्ड बितरण गरिएको थियो । अपाङ्ग कार्ड बितरन सङै सोहिदिन वडा अध्यक्ष बिस्णु बहादुर तामाङले वडा मा रहेका अपाङ्ग तथा आर्थिकस्तर कमजोर भयेका बृद्द्बृद्दाहरुलाई न्यानो कपडा पनि बितरण गरेका थिए ।
अहिलेसम्म वडा ३ सरमथली मा लगभग ८,९ जना अपाङ्ग भएका ब्यक्तिहरुलाई अपाङ्ग कार्ड बितरण गरिएको वडा अध्यक्ष तामाङ ले बताएका छन । आर्थिकस्तर कमजोर भएका तथा भत्ता लिनबाट बन्चित भएका अपाङ्ग ब्यक्तिहरु अपाङ्ग कार्ड पाएपछी खुसी देखिएका छन ।