काभ्रे,
सामुदायिक सूचना नेटवर्क (सीआईएन) को १३ औँ बार्षिकोत्सवको अवसरमा ४ जना सामुदायिक रेडियोकर्मी पुरस्कृत भएका छन् । सीआईएनले प्रत्येक वर्ष दिँदै आएको सामुदायिक रेडियो ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट रेडियो रोशिमा कार्यरत शोभा हुमागार्ईँ सहित अन्य ४ जना सामुदायिक रेडियोकर्मी पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेहरुमा सुसिला श्रेष्ठ, शोभा हुमागाईँ, भुवनराय माझी र ललिता हायू रहेका छन् ।
सीआईएनलाई निरन्तर रूपमा समाचार तथा सूचना सङ्कलन र प्रसारणमा सहयोग गर्ने विभिन्न विधाका ८ जना व्यक्तित्वलाई वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ । १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनिहरूलाई सम्मान गरेका हुन् ।
सीआईएनले वरिष्ठ अर्थविद् डा चन्द्रमणि अधिकारी, शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्राध्यापक धुब्र घिमिरे, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी, सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई सम्मान गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल, राजनीतिक विश्लेषक जैनेन्द्र जीवन, शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठालाई सम्मान गरिएको हो ।