काभ्रे,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ । सरकारले शनिवार र आइतवार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि विद्यालयको पठनपाठनमा नकारात्मक प्रभाव पर्न नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेका हो । सरकारले हप्ताको दुई दिन विदा दिने निर्णय गरेपछि पाठ्यघन्टा घट्न नदिन मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको थियो । सोही छलफलका आधारमा हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरेको प्रवक्ता दीपक शर्माले बताएका छन् । शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् ।
शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था रहेको छ । सम्बन्धित विद्यालयले हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म विदा दिन सक्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् ।