काभ्रे,
काभ्रेको पनौतीमा प्रत्येक १२ वर्षमा लाग्ने मकर मेलाको आज अन्तिम दिन भक्तजनको भिड विहानै देखि लागेको छ । आज मेलाको अन्तिम दिन र शनिबार पनि परेकाले बिहानैदेखि काठमाडौं, भक्तपुर, बनेपा, पनौती रुटमा सवारी साधनको चाप निकै बढेको छ। माघ १ गतेदेखि सुरु भएको मकर स्नान आज महिनाको अन्तिम दिन भक्तजन तथा दर्शनार्थीहरुको बिहान २ बजेदेखि नै भिडभाड बढेको छ। मेला सुरु भएको साढे दुई हप्तासम्म कोभिडका कारण मकर मेला घुम्न र त्रिवेणीधामको दर्शन गर्ने भक्तजनको संख्या निकै कम थियो । तर कोभिडका विरामी कम हुँदै गएपछि भक्तजनको संख्या ह्वात्तै बढेको हो
शनिबार सार्वजनिक बिदा हुने भएकाले दर्शनार्थीको भिड बढेको हो । पछिल्लो हप्ता दर्शनार्थीको भिड बढेपछि मकर मेला ब्यवस्थापनमा समस्या हुँदै आएको छ । चिकित्सकहरुले कम भैसकेको कोभिड फेरी भिडभाडकै कारण बढ्न सक्ने चिन्ता ब्यक्त गरेका छन् ।