काभ्रे,
सवारी ज्यान मुद्दामा फरार रहेका बनेपाका सिताराम दाहाल १६ वर्षपछि पक्राउ पक्राउ परेका छन । सवारी ज्यान मुद्दामा फरार रहेका बनेपा नगरपालिका वडा नं ११ का सिताराम दाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार २०६२ जेष्ठ २४ गते सवारी ज्यान मुद्दामा दाहाललाई जिल्ला अदालत धादिङले ६ महिना कैद र २ हजार रुपैँया जरिवाना सजायको फैसाला गरेको थियो । उनलाई प्रहरीले माघ ११ (मंगलबार) पक्राउ गरेको हो ।
पक्राउ परेका दाहाललाई फैसला बमोजिमको कैद तथा जरिवाना फर्छौटका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको प्रहरीले जनाएको छ ।