काभ्रे,
नेपालका ७३ प्रतिशत नागरिकले रेडियो सुन्ने गरेको एक अध्ययनले देखाएको छ । सेयरकास्ट इनिसियटिभ नेपालले गरेको अध्ययन अनुसार नेपालका ७३ प्रतिशत नागरिकले रेडियो सुन्ने गरेका छन । रेडियो नागरिकको दुख सुखको सहयात्री बनेको सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालका अध्यक्ष अर्जुन गिरीले बताउनुभयो । रेडियो समाज परिवर्तनको संवाहकसँगै राजनीतिक परिवर्तनमा पनि महत्वपूर्ण भुमिका रहेकाले व्यवस्था फेर्न रेडियो र रेडियोकर्मीले गरेको काम प्रशंसनीय रहेको संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पुर्ण कुमारी सुबेदीले बताउनुभयो । नेपालमा रेडियोको सुरुवात भएको ७१ वर्ष बितेको छ । नेपालमा हाल ७ सय भन्दा बढि रेडियो प्रशारणमा रहेका छन् ।
यसैबीच, एफएम रेडियोले इजाजत र लाईसेन्स नविकरणमा भोग्नुपरेको लगायतका समस्या अब व्यहोर्नु नपर्ने गरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ छ । नेपालका दुर दराजका बस्तीमा सूचना पु¥याउन र दुर्गमका समस्या सरकारलाई सुनाउन रेडियोहरुले पुलको काम गरिहेका छन् , तर बढ्दो रेडियोको सङ्ख्यामा गुणस्तरियता हराउँदै गएकोमा विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन ।