काभ्रे,
चुनावको मुखैमा धुलिखेल नगरपालिका वडा नं ८ का युवाहरू एमाले परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका छन । धुलिखेल ८ बाट श्याम लामाको नेतृत्वमा दर्जन भन्दा बढी नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका छन । प्रवेश गर्नेहरुमा श्याम थिङ, चन्द्र लामा, सिताराम तामाङ, इन्द्र बहादुर तामाङ, सचिन तामाङ लगायत दुई दर्जन युवाहरू नेपाली कांग्रेस प्रवेश गरेका हुन ।
नव प्रबेशी युवाहरुलाई नेपाली कांग्रेस काभ्रेका सभापति एवं काभ्रे प्रतिनिधि सभा १ (ख) लोकतान्त्रिक – बाम गठबन्धनका साझा उम्मेदवार तिर्थ लामामाले टीका र खादा लगाएर स्वागत गर्नुभएको छ । कार्यक्रममा जिल्ला सचिव गुणराज मुक्तान, प्रतिनिधि सभा १ का सभापति दिनेश लामा, नेता इश्वरी ओझा, जिल्ला सदस्य निराजन जंगम, प्रदेश कोषाध्यक्ष रमेश लामा लगायत सहभागी भएका थिए ।