काभ्रे,
रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज भव्य रुपमा शुभारम्भ भएको छ । उद्घाटनका क्रममा रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाले सहभागी खेलाडी भाइबहिनीहरु शुभकामना व्यक्त गर्नुभएको छ, मन्तव्यका क्रममा अध्यक्ष लामाले खेलकुद क्षेत्रको विकासका निम्ति रोशीसरकारले प्राथमिकतामा राखि नीति र कार्यक्रम बनाउदै आइरहेको बताउनुभयो । रोशीको खेल विकासको निम्ति चुनौतीको रुपमा रहेको खेलकुद मैदानको निम्ति डि.पि.आरृ. भइरहेको र अबको केहि वर्षमा पालिका स्तरीय खेलमैदान निर्माण हुने बताउनुभयो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्ववाधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा हरेक वर्ष सञ्चालन हुने विद्यालय स्तरीय खेलकुद प्रतियोगिता एवं राष्टपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधन) सहित बमोजिम विद्यालय तहका १८ वर्ष मुनिका विद्यार्थीहरुलाई सहभागी भएको छ । रोशी माध्यमिक विद्यालयमा भएको उक्त प्रतियोगितामा आज कराँते, तेक्वान्दो र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कराँते तर्फ प्रथम हिमालय माध्यमिक विद्यालयले ४ वटा गोल्डमेडल, रोशी माध्यमिक विद्यालयले २ वडा गोल्डमेडल हासिल गरेको छ । त्यसैगरी तेक्वान्दो तर्फ विना प्रतिस्पर्धा पोक्रा मा.वि. ले ५ वटा गोल्डमेडल, रोशी मा.वि.ले १ वटा गोल्ड मेडल प्राप्त गरेको छ । भलिबल छात्रा तर्फ लक्ष्मी नारायण माध्यमिक विद्यालय र छात्र तर्फ हिमालय माध्यमिक विद्यालय छनौट भएको कराँते प्रशिक्षक दिल दोर्जे लामाले बताउनुभयो । भोल देखि लगातार कबड्डि, एथलेटिक्स, हाइजम्प, लङ्ग जम्प, त्रिपल जम्प, सटफुट गरी जम्मा २४ विधामा खेलमा प्रतियोगिता हुने भएको प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले जानकारी दिनुभयो ।