काभे,
लायन्स क्लब अफ पनौतीको सातौं इन्डक्सन, इन्ष्टलेशन तथा अवार्ड वितरण समारोह सम्पन्न भएको छ । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता, लायन विवेक भट्टराई र लायन मोहन विक्रम के.सी.को सभापतित्वमा पुरानो कार्यसमितिलाई बिदाइ र नयाँ कार्यसमितिलाई स्वागत गर्देै कार्यक्रम सम्पन्न भएको हो । सभाको स्वागत मन्तव्य लायन रमेश राजलवटले गर्नुभएको थियो ।
कार्यक्रममा लायन डिष्ट्रिक ३२५ जि का प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर लायन दिपककृष्ण प्रजापति, द्वितीय भाइस डिष्ट्रिक्ट गर्भनर लायन कमल बहादुर कायस्थ, डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी लायन विधान जोशि डिष्ट्रिक्ट क्याविनेट ट्रिजरर लायन गोकुल प्रसाद प्रजापति, डिष्ट्रिक्ट जि एल टि कोअर्डिनेट लायन विजय हाछेथु, क्लष्टर चिफ लायन अमन पोटे, रिजन चेयर पर्सनहरु राजेश श्रेष्ठ, रुकेश रञ्जित, प्रमिला प्रजापति र जोन चेयर पर्सन संजीव प्रजापति पनि उपस्थित हुनुहुन्थ्यो । लियो क्लबका मल्टिपल डिष्ट्रिक्ट प्रेसिडेन्ट विशेष भट्टराईका साथै पनौतीमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित हुनुभएको थियो । सो अवसरमा क्लबका मल्टिपल डिष्ट्रिक काउन्सिल चेयरपसर्नन केशव पाण्डे, डिष्ट्रिक ३२५ जि का डिष्ट्रिक गर्भनर लायन उत्तम झा, चार्टर प्रेसिडेण्ट लायन सुरेश सैंजु, लियो डिष्ट्रिक प्रेसिडेण्ट सुमित मानन्धरले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कलाकार सुरेन्द्र श्रेष्ठ, सोनिसा ताम्राकार, बालकृष्ण सेवाचार्य र योजना खड्गीले लायन गीत प्रत्यक्ष अनवरण गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन लायन हरिशरण कार्की र लायन सिद्धी नारायण मानन्धरले गर्नु भएको थियो ।