रोशी सहकर्मी–मंङसिर २२,
भुम्लु/

विवादका कारण ४४ बर्षदेखी लालपूर्जा विहीन भएका भुम्लुटारका स्थानीयलाई लालपुर्जा वितरण गर्न फिल्ड कार्यालय स्थापना गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।
भुम्लु गाउँपालिकाका वडा न ७ र ८ (भुम्लुटार र फलाँटे) का स्थानीयले विवाद कारण ४४ बर्षदेखी लालपुर्जा पाएका थिएनन । यसैलाई मध्येनजर गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी विभाग नापी कार्यालय काभे्रले फिल्ड कार्यालय भुम्लु स्थापना गरेको हो । यहाँका करिब १२ सय परिवार लालपूर्जा विहीन छन । फलाँटेमा पनि फिल्ड कार्यालय स्थापना गरेर लालपुर्जा विहीनलाई लालपुर्जा वितरण गर्ने नापी कार्यालय काभे्रले जनाएको छ ।
नापी विभागले २०३२/०३३ सालमा लालपुर्जा वितरणका लागि टोली नाप्पजाँच गर्न जाँदा कटुवा खोला कि फँलाटे खोला सिमा कुन बनाउने विवादका कारण साविकाका फँलाटे र भुम्लुटार गाविसका बासिन्दा बीच भएको झगडाका कारण वितरण नगरिकन फर्किएपछि यहाँका बासिन्दा ४३ बर्षदेखी लालपुर्जा विहीन भएका थिए ।
नापी विभागले दुई गाविसमा २०३३ सालमा एकोहोरो नापे पनि विवादका कारण हालसम्म पनि श्रेस्ता पुर्जा वितरण हुन नसकेको नाप जाँच ऐन २०१९ र जग्गा नापजाँच नियमावली २०५८ परिधीमा रहि साविक उक्त गाविसको जग्गा नापी गरी लालपुर्जा वितरण गर्न नापी कार्यालय काभे्रलाई पाँच बर्ष अगाडि परिपत्र गरेको थियो । विभागले २०७१ जेठ २५ गते साविक भुम्लुटार र फँलाटे गाविसलाई एकिकृत गराई पिपलटारको नाममा २०३३ साल कै नाप अनुसार नक्सा बनाई तत्काल वितरण गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन पाएपछि साविकका दुई गाविस बीच २०७१ जेठ ३१ गते संयुक्त बैठक बसी सिमा बिवादलाई थाती राख्दै पहिला कै पिपलटार गाविसको नाममा लालपुर्जा वितरण गर्ने सहमति भएपनि प्रशासनिक आलटाल र ढिलाईका कारणले लालपुर्जा वितरण हुन सकिरहेको छैन । सय भन्दा बढी लालपूर्जा पनि बनेका छन तर त्यो पनि वितरण नगरिकन टोली फर्किएको स्थानीयहरुको गुनासो छ ।
मालपोतले तिरो तिरेको रसिदका आधारमा दरपिट गरेर बनाएको बन्ना पत्रका आधारमा प्रत्येक परिवारका सदस्य सँग बार्षिक एक सय रुपैया राजस्व बापतको रकम लिदै आइरहेको छ । मल्लकालीन राजा जयस्थिती मल्लले चलाएको पुरानो मानोपाथी, माटोमुरी, विजनको भरमा भुम्लुटार र फँलाटेका बासिन्दाको जग्गा नाप्ने गदै आएका छन । उनिहरुले लालपुर्जा नभएकै कारण पुरानैे प्रथाका आधारमा जग्गा किनवेच हुदै आएका छन ।

Facebook Comments Box