रोशी सहकर्मी–मंङसिर २२,
तेमाल/

जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ३ र ४ मा योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङका अनुसार वडा नं ३ मा १६ वटा र वडा नं ४ मा १६ वटा योजना सम्झौता भएको छ । सम्झौता भएका योजनाहरुमा वडा कार्यालयको भवन निर्माण, खानेपानी सिंचाई, सडक निर्माण, मन्दिर निर्माण लगायत विभिन्न योजनाहरु रहेको उपाध्यक्ष तामाङले जानकारी दिईन् । उपभोक्ता समिति मार्फत गर्नुपर्ने कामहरुमात्रै सम्झौता भएको र अन्य कार्यक्रमहरु सम्झौता गर्नु नपर्ने साथै प्रस्थावना र कोटेसनबाट हुने भएका कारण गाँउपालिकामा सम्पर्क गरी कार्यक्रम संचानल गर्न सकिने पनि उपाध्यक्ष तामाङले जानकारी दिईन् । भौगोलीक अवस्थाका कारण गाँउपालिका सम्म नै आएर योजना सम्झौता गर्न वडाबासीहरुलाई कठिनाई भएको समस्यालाई मध्यनजर गरी वडास्तरमानै योजना सम्झौता कार्यक्रम गरेको रेडियो रोशीलाई भनिन् । जनताले चाहे अनुसार नै योजनाहरु छनौट भएको उनको दावी छ ।
कुल ४.५१ वर्ग कि.मि. क्षेत्रफल रहेको वडा नं ३ मा १ हजार ७१ जनसंख्या र ४.७८ वर्ग कि.मि. क्षेत्रफल रहेको वडा नं ४ मा २ हजार ४१ जनसंख्या रहेको छ । कार्यक्रममा प्रमूख प्रशासकीय अधिकृत लक्षमण कुईकेल, योजना शाखा प्रमुख राजकुमार तामाङ, जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । गाँउपालिकाले मंङसिर २५ गते सम्म सबै वडामा योजना सम्झौता गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments Box