सिर्जना तामाङ्ग/रोशी गाउँपालिकाले पशुलाई सुत्केरी पोषण भत्ता वितरण शुरु गरेको छ । सोमबार रोशी गाउँपालिका वडा नं.१ को कृषकहरुलाई एक कार्यक्रमको बिच आफ्ना सुत्केरी पशुहरुलाई खुवाउनको लागि भत्ता स्वरुप भिटामिन र क्यालसियम वितरण गरेका थिए । २०७६ श्रावण देखि मंसिर सम्म सुत्केरी भएका पशुहरु जो ४ वटा सम्म बच्चा जन्माउने बाख्रा, गाई र भैसी लाई पोषण भत्ता दिन सुरु गरेको जानकारी रोशी गाउँपालिका कृषि तथा भेटेरीनरी शाखा प्रमुख रघुनी शाहले दिनुभयो । सोमबार ८० जना कृषकहरुलाई पशु पोषण भत्ता स्वरुप भिटामिन र क्याल्सियम वितरण गरेका थिए बाँकी कृषकहरुलाई वडा कार्यलय मार्फत क्रमश वितरण गर्ने जानकारी वडा अध्यक्ष श्रीदास लामाले बताउनु भयो । कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष डिवि लामा, प्रमुख प्रशासकीय अधिृत डम्बरु दहाल, वडा नं.१ का वडा अध्यक्ष श्रीदास लामा र कृषि तथा भेटेरीनरी शाखा प्रमुख रघुनी शाहले पशुपोषण सुत्केरी भत्ताको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष डिवि लामाले रोशी गाउँपालिकामा कृषि र पर्यटनको प्रचुर सम्भावना भएकोले गाउँपालिका कृषि क्षेत्रमा लागिपरेको बताउनु भयो । सोहीअबसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत डम्बरु दहालले भन्नुभयो“ रोशी गाउँपालिकाको मुल नारा नै रोशीको दृष्टि पर्यटन र कृषि भएकोले नारालाई सार्थक बनाउन कृषि र पशुपालन क्षेत्रमा नयाँ कार्यक्रमको साथमा आधुनिकिरणलाई भित्र्याउदै रोशीमा कृषि र पशुजन्य उत्पादनमा जोड दिदै कृषकहरुलाई प्रोत्साहन गरेका छौँ ”। त्यसै गरि वडा नं.१ का वडाअध्यष श्रीदास लामाले पनि आफ्नो वडा कृषि र पशुपालनको क्षेत्रमा अत्यन्त उर्वर भएकोले भरपुर सदुपयोग गर्न वडाले पहल गर्ने बताउनु भयो ।

Facebook Comments