सिर्जना तामाङ /रोशी गाउँपालिका अध्यक्ष डिवि लामाले सम्वृद्ध समाजको सूचक भनेको ज्ञान, सीप, क्षमता तथा चेतनाको विकास रहेको कुरा बताउनु भएको छ । सोमबार रोशी गाउँपालिका वडा नं.१ खहरेपाँगू स्थित विल्डिङ इलेक्ट्रिसियन र सोलार टेक्नीसियन तालिमको समापन कार्यक्रममा उक्त धारणा राख्नु भएको थियो । विआरएसि नेपालको सहयोगमा यूसेप नेपालद्धारा महिलाहरुको लागि सञ्चालित तीन महिने विल्डिङ इलेक्ट्रिसियन र सोलार टेक्नीसियन तालिम सोमबार समापन भएको छ । २१ जना प्रशिक्षर्थी महिलाहरुले उक्त तालिम कोर्ष पूरा गरेका थिए भने तालिम पश्चात कार्य गर्नको लागि अवश्यक औजारहरु समेत वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष लामाले यस तालिमबाट महिलाहरुको सीप, क्षमता विकास गरि स्थानीय स्तरमा रोजगारीको अवसर सृजना हुने समेत बताउनु भयो, । सोही क्रममा महिला बालबालिका शाखा प्रमुख प्रज्वला राईले यस संस्था र रोशीगाउँपालिकाको समन्वयमा सञ्चालित यस तालिम अत्यन्त उपयोगी रहेको बताउनुका साथै तालिम पश्चात महिलाहरुको जीवन स्तरमा परिवर्तन आउने विश्वास गर्नु भयो ।
समापन कार्यक्रममा रोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दहाल, वडा नं.१को वडा अध्यक्ष श्रीदास लामा, वडा नं.२ को वडा अध्यक्ष पोते लामा, यूसेप नेपालको कार्यक्रम अधिकृत सञ्जीव खड्का र लेखा अधिकृत विनोद अम्गाई लगायतले तालिमको औचित्य बारे चर्चा गर्नुभएको थियो ।

Facebook Comments