रोशी सहकर्मी–मंङसिर २४,
भकुण्डे/

नमोबुद्ध नगरपालिकाको आयोजनामा मेयर कप अन्तर वडा फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं ४ को मैदानमा भएको खेल नमोबुद्ध नगरपालिकाका मेयर टि.पि. शर्मा तिमल्सिनाले एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् । उद्धघाटन सँगै आज दुई खेल भएका छन् । पहिलोमा वडा नं ७ र ११ बिच भएको थियो भने दोश्रो खेल वडा नं १ र २ बिच भएको थियो । पहिलो खेलमा वडम नं ११ ले ७ लाई २–० गोल अन्तरले पराजित गरेको थियो भने दोश्रो खेलमा वडा नं १ ले २ लाई ३–० ले पराजित गरेको छ । आजबाट सुरु भएको खेल २९ गते सम्म चल्ने छ ।

Facebook Comments