रोशी सहकर्मी–मंङसिर २४,
धुलिखेल/

प्रदेश नं. ३ सामाजिक विकास मन्त्रालयको आयोजनामा आज काभ्रेको धुलिखेलमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा प्रदेश भाका सदस्यहरुलाई लैङ्गिक सपवालमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । लंङ्गिक हिंसाको सवालमा हाम्रो समाजको अवस्था के हो र त्यसलाई कसरी न्युनकिरण गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सभा सदस्यहरुबीचमा अन्तक्र्रिया गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको प्रदेश सामाजिक विजकास मन्त्रालयले जनाएको छ । कार्यक्रममा सम्बाधेन गर्दै प्रदेश नं. ३ का सभामुख सानुकाजी श्रेष्ठले विकृतिलाई स्वीकृत दिने परिस्थिति हुन नदिनको लागि महिलाहरुले प्रयोग गर्ने लवाई(पोशाक)मा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
सो क्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले लैङ्गिक हिंसाको सबैभन्दा ठूलो रुप बलात्कार भएकाले त्यसको विरुद्ध सक्रिय रुपमा उभिनको लागि प्रदेश सभा सदस्यहरुबाट नै आवाज उठाउनुपर्ने भएकाले प्रदेश सरकारले कार्यक्रम नै बनाएर अअभियानको रुपमा अगाडी बढेको बताउनुभयो । लंङ्गिक सवालमा प्रदेश सरकार संवेदनशिल रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश सभाका सदस्यहरुले लैङ्गिक सवालमा मात्रै नभई बृद्ध÷बृद्धा र अशक्तहरुको विषयमा पनि उतिकै सचेत र सजग हुन आवश्यक रहेकाले त्यस विषयमा पनि कायृक्रम बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

Facebook Comments