रोशी सहकर्मी–मंङसिर २४,
धुलिखेल/

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको आयोजनामा धुलिखेलमा दुई दिने अन्तराष्ट्र्रिय नापनक्सा सम्बन्धी गोष्ठी सुरु भएको छ । उक्त गोष्ठीको उद्घाटन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गर्नुभएको छ । विकास निर्माणको मेरुदण्डको रुपमा रहेको नापीनक्साको काम चुनौती पूर्ण रहेको बताउनुहुँदै मन्त्री अर्यालले नेपाल मै पहिलो अन्तराष्ट्रिय तालिम सान्र्दभिक रहेको छ, भन्नुभयो । उहाँले प्रशिक्षण केन्द्रले परम्परागत प्रविधिमा आधारित प्रशिक्षण विधिलाई पूर्णत नविनतम प्रविधिमा आधारित प्रशिक्षणमा रुपान्तरण गर्न आवश्यक रहेको छ, भन्नुभयो । मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालन हुने तालिममा नेपाल सहित १५ देशको सहभागिता रहेको छ । नापनक्सा र भूमि व्यवस्थापनको क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका नीति निर्माता, अनुसन्धानकर्ता, तथा पेशाकर्मीको सहभागिता रहेको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

Facebook Comments Box