रोशी सहकर्मी–मंङसिर २४,
तेमाल/

तेमाल गाउँपालिकाको वडा नं ९ मा १५ वटा योजना सम्झौता भएको छ । गाँउपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल, योजना शाखा प्रमुख राजकुमार तामाङको संयुक्त टोली सोमबार वडा कार्यलयमा पुगी योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रम गरेको हो ।
वडा नम्बर ९ मा चालु आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तर्फका १५ वटा योजना सम्झौता भएको गाँउपालिका उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिईन् । रेडियो रोशी सँग कुरा गर्दै तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले योजना संचलानमा गाउँका उपभोक्ताहरुलाई सहज होस भनेर घरदौलोे सेवा संचालन गरेको बताईन् । गाँउपालिकाले वडास्तरमै पुगेर तेमाल गाउँपालिकाले योजना सम्झौता गर्दै आइरहेको छ ।

Facebook Comments