रोशी सहकर्मी-मंङसिर २५,
कटुञ्जेवेशी/

नेपाल विपद्को दृष्टिकोणमा जोखिमयुक्त देश भएकाले विपद अघी नै पुर्वतयारी र सावधानी अपनाउनुपर्ने रोशी गाँउपालिका अध्यक्ष डि.बि. लामाले बताएका छन् । जिल्लाको रोशी गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण सम्बन्धि पालिका स्तरीय अभिमूखिकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै उनले भूकम्प, बाढी, पहिरो लगायत अन्य विपद्को मारमा परेको हाम्रो मुलुकमा विपद् जोखिम न्यूनिकरणको निम्ति अपनाउनुपर्ने सावधानीको विषयमा स्थानीय सरकार, संघ संस्था, सरोकारवाला निकाय लगायत हरेक नागरिकहरु जागरुक हुन आवश्यक रहेको पनि बताए ।
नेपाल रेडक्रस सोसाइटी काभ्रे मंगलटार शाखाको सभापति दामोदर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा कार्यक्रम भएको थियो । त्यसैगरी अभिमुखीकरण कार्यक्रममा विष्णुदल गण काभ्रे धुलिखेलका सेनानी श्रीकृष्ण पाण्डेले प्रकोप, विपद्, संकटासन्न, प्रवलीकरण पूर्वतयारीको विषयमा र विपद्का समयमा सुरक्षा निकायको भूमिकाको बारेमा सहभागीहरुलाई जानकारी दिए । त्यसैगरी सूचना व्यवस्थापन अधिकृत नेरेसो काभ्रेका राजकुमार घिमिरेले जिल्ला आपतकालिन सञ्चालन केन्द्र, स्थानीय आपत्कालीन केन्द्र, राष्ट्रिय आपतकालीन केन्द्र तथा प्रदेश आपतकालिन केन्द्रको काम कर्तव्यको बारेमा, स्थानीय विपद् जोखिम व्यवस्थापन योजना र स्थानीय विपद् तथा जलबायु उत्थानशील योजनाको बारेमा जानकारी दिए ।
कार्यक्रममा रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी वर्तौला, ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग थिङ, रोशी गाउँपालिकाका जनप्रतिनिधिहरु साथै कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box