रोशी सहकर्मी–मंङसिर २५,
भकुण्डे/

नमोबुद्ध नगरपालिकाको आयोजनामा मेयर कप अन्तर वडा फुटबल प्रतियोगितामा आज ३ वटा खेल भएका छन् । आज भएको पहिलो खेलमा वडा नं ९ ले वडा नं ५ लाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै दोश्रो खेलमा वडा नं ३ र वडा नं ४ दुई दुई गोलको बराबरी हुँदा हुँदै पनि कार्ड पाएको र अनुशासनको आधारमा वडा नं ३ ले खेल आफ्नो हातमा पारेको छ । त्यस्तै तेश्रो खेलमा वडा नं ८ ले वडा नं ७ लाई ४–२ गोल खन्तरले पराजित गरेको सहकर्मी रामेश्वर श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै भोली विभिन्न ३ खेल हुने आयोजकले जानकारी दिएको छ । पहिलो खेलमा वडा नं २ र ६ त्यस्तै दोश्रोमा वडा नं ९ र १० र अन्तिममा वडा नं ८ र ११ बिच हुने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments