रोशी सहकर्मी–मंङसिर २५,
काभ्रे/

धुलिखेल नगरपालिकाले विद्यालय क्षेत्र वरपर सुर्तिजन्य र मादक पदार्थ विक्री वितरणमा रोक लगाउने भएको छ । धुलिखेल नगरपालिकाका उप–प्रमुख विमला शर्मा नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत, सम्बन्धीत वडाका वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारी र प्रहरी प्रशासन सहीतको टोलीले करिब तीन दर्जन पसल तथा होटलहरुको अनुगमन गरेको छ । अनुगमनको क्रममा नगरको वडा नं. ११ पात्लेखेत र वडा नं. ७ धुलिखेल सञ्जीवनी बजारमा विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलहरुको अनुगमनको क्रममा सुर्तिजन्य पदार्थहरु जफत गरिएको नगरपालिले जनाएको छ ।
अनुगमन टोलीका एक अधिकारीका अनुसार पसलमा चुरोट, सुर्ति, गुट्खा लगायतका सुर्तिजन्य पदार्थहरु जफत गरिएको र मादक पदार्थ विक्री वितरण नगर्न र यस्ता सामग्रीहरु १८ बर्ष भन्दा मुतिका बालबालिकाहरुलाई नबेच्न निर्देशन दिएको छ ।
बिधालय हाता भित्र सुर्तिजन्य सामग्रीहरुको विक्रिले बिधार्थिहरुमा लत बस्ने र त्यसले भविश्यमा गम्भिर असर पार्ने भन्दै जफत गरिएको अनुगमन टोलीका नगर शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले बताए । टोलीले अर्को पटकमा पनि त्यस्ता बस्तुहरु विक्री वितरण गरिएको पाईएमा कार्वाही हुनेतर्फ सचेत गराएको छ ।
तर, पसल सञ्चालकहरु भने नगरले गरेको यस अनुगमन प्रति असन्तुष्टी जनाएका छन् । उनिहरुले जफद गर्नु अघि सचेत गराएर रोक लगाउनु पर्ने बताए । केहि व्यवसायीले भने अनुगमनमा जफद भएका सुर्तिजन्य सामग्री फिर्ता हुनुपर्ने बताए ।

Facebook Comments