रोशी सहकर्मी–मङ्सिर २६,
पिन्थली/

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले पन्थिलीमा निर्मित टासी छ्यू ग्याछोलिङ गुम्बाको उद्घाटन गरेका छन् । रोशी गाउँपालिका वडा नं ९ पिन्थलीमा बनेको उक्त गुम्बाको उद्धघाटन गर्दै बाँस्कोटाले इतिहास मै पहिलोपल्ट राष्ट्रले विकास निर्माणको मुद्धालाई पहिलो प्राथमिकता दिएको बताएका छन् । उनले मुलुकको समग्र विकाससँग जनताको भावना जोड्ने काममा सरकार लागि रहेको बताएका छन् । ६३ लाख, ७५ हजार ३ सय, ३४ लाख मा निर्माण भएको उक्त गुम्बा स्थानीय तथा विभिन्न संघ सस्थाको सहयोगमा निर्माण सम्पन्न भएको हो । उनले सुखी र समृद्ध मुलुक बनाउने पहिलो मुद्धा बनाउने बर्तमान सरकार रहेको पनि बताएका छन् । कुनै पनि विकसित देश अरुले आएर बनाएको हुँदैन, आफ्नो देश आफैँले बनाउनुपर्छ भने । “सहयोग अरुको पनि लिन सकिन्छ होला तर आफ्नो देश आफैँले बनाउने हो” ।
कार्यक्रममा संघिय सांसद गंगा बहादुर दोङले “हामीले देखेको आस्था, विश्वास, धर्म, परम्परा, मूल्य मान्यता र विकासको पाटोलाई फराकिलो साथै समृद्ध बनाउदै लैजानु पर्छ”– भने । त्यस्तै प्रदेश सभा सदस्य रत्न ढकालले “बुद्धको सन्देश यस पिन्थलीमा मात्र नभई संसारभर फिँजिएको छ, संसारमा नेपाल भनेर चिनाउन नसकिएको मुलुकलाई बुद्ध मार्फत र सगरमाथाको माध्यमबाट चिनाउन सफल भएका छौ”– भन्दै उनले “नेपाल धर्म, संस्कृति र मौलिक परम्पराले धनी भएको हुँदा यसलाई अझै व्यवस्थापन गर्न आवश्यक छ” भने ।
रोशी गाउँपालिका अध्यक्ष डि.बि. लामाले रोशी धर्म, संस्कृति र विविध जातीको मौलिक परम्पराले सिँगारिएको गाउँपालिका भएको बताए । यस क्षेत्रको आवश्यकतालाई पहिचान गरी विकास समृद्धिको बाटोमा अगाडि बढाउन प्रदेश र केन्द्रिय तहको पनि ध्यान आवश्यक रहेको बताए ।
कार्यक्रममा धर्म गुरु रेम्पोछे लोप्साङ नाम्गेल टुल्कु, समाजसेवी बज्रध्वज लामा, कुन्छाङ लामा, ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग थिङ, रोशी गाउँपालिका वडा नं ९ का वडाअध्यक्ष जनम लामा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments