रोशी सहकर्मी–मंङसिर २६,
भकुण्डे/

नमोबुद्ध नगरपालिकाको आयोजनामा मेयर कप अन्तर वडा फुटबल प्रतियोगिताको तेश्रो दिन आज ३ वटा खेल भएका छन् । आज वडा नं २ र ६ बिच भएको पहिलो खेल वडा नं २ ले जितेको छ । वडा नं २ ले ५ गोल हान्दा वडा नं ६ ले २ गोल मात्र फर्काउन सकेको हो । त्यस्तै दोश्रोमा वडा नं ९ र १० बिच भएको खेलमा वडा नं ९ बिजेता बनेको छ । वडा नं ९ ले ४ गोल गर्दा वडा नं १० ले ३ गोल मात्र गर्न सक्यो । त्यस्तै अन्तिम खेलमा वडा नं ८ र वडा नं ११ बिच भएको खेलमा ६–३ गोल अन्तरले वडा नं ११ पराजित भएको छ ।
वडा नं ८ ले ६ गोल गर्दा ११ नं वडाले भने ३ गोल मात्रै फर्काउन सकेको सहकर्मी रामेश्वर श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै भोली २ खेल हुने आयोजकले जानकारी दिएको छ । पहिलोमा वडा नं १ र ६ बिच र दाश्रोमा वडा नं ५ र १० बिच हुनेछ ।

Facebook Comments