रोशी सहकर्मी–मंङसिर २७,
भकुण्डे/

नमोबुद्ध नगरपालिकाद्धारा आयोजित मेयर कप अन्तर वडा फुटबल प्रतियोगितामा आज भएको २ खेलमा वडा नं १ र ५ बिजयी भएका छन् । आज भएको पहिलो खेलमा वडा नं १ ले ६ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । वडा नं १ ले ३ गोल गर्दा वडा नं ६ ले भने १ गोल मात्रै फर्काउन सकेको हो । त्यस्तै दोश्रो खेलमा वडा नं ५ र १० बिच खेल हुने तालिका रहेको थियो । तर अन्तिम समय सम्म वडा नं १० को खेलाडी मैदानमा उपस्थित नभए पछि वडा नं ५ लाई आयोजकले बिजेता घोषणा गरेको छ ।
आज लिग चरणको खेल समाप्ति संगै समुह क बाट वडा नं ८, समुह ख बाट वडा नं १, समुह ग बाट वडा नं ९ र समुह घ बाट वडा नं ३ क्वार्टर फाईनल प्रवेश गरेका छन् । भोली बिहान १० बजेबाछ सुरु हुने क्वार्टर फाईनल खेलमा वडा नं ८ बिरुद्ध ९ र वडा नं १ बिरुद्ध ३ मैदान उत्रने छन् । बिजेता दुई समुहले फाईनलको यात्रा तय गर्नेछ भने उपबिजेताले तेश्रो स्थानको लागी भिड्नेछन् । आयोजकले बिजेतालाई पुरस्कार के दिने भन्नेर तोकेको छैन । यस अघि फाईनल खेल २९ गते हुने बताईए पनि अब भने ३० गते हुने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments