रोशी सहकर्मी–मंङसिर २७,
नमोबुद्ध/

नमोबुद्ध नगरपालिकाको वडा नं १ स्थित सिमल चौरमा बनेको टासी छ्योथिन छ्योईलिङ छ्योर्देन गुम्बाको आज उद्धघाटन भएको छ । नमोबुद्ध नगरपालिका प्रमुख टि.पि. शर्मा तिमल्सिनाले आज एक कार्यक्रमका बिच उक्त गुम्बाको उद्धघाटन गरिएको हो । पुराना साँस्कृतिक सम्पदाको जगेर्ण गर्न उक्त गुम्बाको लागी नगरपालिकाले ६५ हजार सहयोग गरेको थियो । साथै प्रदेश सभा सदस्य चन्द्र लामा, जिल्ला बिकास समिति सदस्य कृष्ण बहादुर लामा लगायतले उक्त पुरानो गुम्बाको मर्मतको लागी आर्थिक सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले रेडियो रोशीलाई बताए । कार्यक्रममा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ, लामा धर्मगुरुहरु साथै वडा बासीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments