रोशी सहकर्मी–मंङसिर २७,
साँगा/

आजबाट सुरु भएको आइजीपी कपको उद्घाटन खेल नेपाल पुलिस स्कुल साँगाले जितेको छ । नेपाल प्रहरी स्कुल साँगाको आयोजनामा २७ औं आइजीपी कप रनिङ शिल्ड फुटबल प्रतियोगितामा आयोजक पुलिस स्कुल ‘ए’ ले जेम्स स्कुल ललितपुर धापाखेललाई १–० गोलमा पराजित गरेको हो । नेपाल पुलिस स्कुलको खेल मैदानमा भएको उद्घाटन खेलमा नेपाल पुलिस स्कुलका बिमोजीत राजवंशीले गरेको गोल नै पुलिस स्कुलका लागि जित बन्यो ।
प्रतियोगितामा काभे्रपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका आठ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुलका दुई टिम, जेम्स स्कुल, सैनिक आवासिय बिद्यालय, बेलर इन्टरनेशल स्कुल, धुलिखेल आवसिय स्कुल, राजर्शी गुरुकुल बिद्यालय र एसोएस बिद्यालय रहेका छन । उक्त खेलको उद्घाटन प्रहरी नायव महानिरिक्षक नारायण सिंह खड्काले रेफ्रीलाई बल दिएर गर्नुभएको थियो । प्रतियोगिता पुस ९ गते सम्म हुने आयोजकले जनाएको छ ।

Facebook Comments