रोशी सहकर्मी–मंङसिर २७,
काभ्रे/

काभ्रे जिल्लामा भूकम्पमा क्षतिग्रस्त सामुदायिक विद्यालय पुनर्निर्माणले गति लिएको छ । भूकम्प गएको पाँच बर्ष पुग्नै लाग्दा ७२ प्रतिशत काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) ले जनाएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाईका अनुसार प्राधिकरण, अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुको सहयोगमा क्षतिग्रस्त सामुदायिक विद्यालय भवन निर्माणले तिव्रता पाएको हो ।
जिल्ला आयोजना कार्यान्वनय इकाईका इन्जिनियर शोभित श्रेष्ठले हालसम्म सम्झौता भएका विद्यालय भवनहरु मध्ये ७२ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । श्रेष्ठका अनुसार हालसम्म २२२ वटा विद्यालयको सम्झौता भएका मध्य १५४ वटा विद्यालयको निर्माण सम्पन्न भई समुदायलाई हस्तान्तरण गरिसकेका छन् भने ३५ वटा विद्यालय निर्माणको अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण भइरहेका २८ विद्यालय मध्ये २१ वटा सम्पन्न भईसकेका छन् भने सात वटा निर्माणको अन्तिम चरणमा पुगेको जिल्ला आयोजना कार्यान्वनय इकाईले जानकारी दिएको छ ।
जिल्लाका ५ सय ८७ सामुदायिक विद्यालय मध्ये ३ सय ५३ पूर्ण र १ सय ७४ विद्यालयमा अधिक क्षति पुगेको थियो ।

Facebook Comments