रोशी सहकर्मी–मंङसिर २८,
चौकिडाँडा (कटुञ्जे),

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडा स्थित बिपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा घाईते हुने २ जना मध्य १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहाल रहेका छन् । पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९२ प ५१९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो । लगतै दाहाललाई घुलिखेल अस्पताल पुराईएको थियो । तर उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको प्रत्यक्ष दर्शीले बताए । घाईते नवराज दाहालका धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments