रोशी सहकर्मी–मंङसिर २८,
भकुण्डे/

नमोबुद्ध नगरपालिकाद्धारा आयोजित मेयर कप अन्तर वडा फुटबल प्रतियोगिताको सेमिफाईनल खेल सकिएको छ । आज भएको दुई खेलमा वडा नं ८ र १ विजयी बन्न सफल भएका छन् । पहिलो खेल अन्तर्गत वडा नं ८ बिरुद्ध वडा नं ९ मैदान उत्रिएको थियो । जसमा वडा नं ८ ले ३ गोल गर्दा वडा नं ९ ले २ गोल मात्र फर्काउन सक्यो । त्यस्तै अर्को खेलमा वडा नं १ विरुद्ध वडा नं ३ मैदान उत्रिएको थियो । जसमा वडा नं १ ले ३ गोल गर्दा वडा नं ३ ले भने १ गोलमात्र गर्न सकेको हो । जित सँगै वडा नं ८ र वडा नं १ ले फाईनलको यात्रा तय गरेका छन् । त्यस्तै सेमीफाईनलको खेल गुमाएका वडा नं ३ र वडा नं ९ ले तेश्रो स्थानको लागी सोमबार बिहान १० बजे मैदान उत्रनेछन् । तेश्रो स्थानको खेल सकिएसँगै प्रथम मेयर कपको ट्रफिका लागी वडा नं ८ र वडा नं १ दिउँसो २ बजे मैदान उत्रने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments