रोशी सहकर्मी–मंङसिर २८,
बनेपा/

जिल्ला बाल क्लव सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौ जिल्ला बाल भेला बनेपामा सम्पन्न भएको छ । २७ र २८ दुई दिन भएको उक्त भेलामा जिल्ला भरिको १३ वटा स्थानिय तहका बाल क्लवहरुको सहभागिता रहेको थियो । जिल्ला अध्यक्ष रञ्जन पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्धघाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेका छन् । कार्यक्रममा बोल्दै उनले आफ्नो जिम्मेवमरी अुशासित भएर पालन गर्न बालवालिकाहरुलाई सुझब दिएका छन् । मन्त्री बाँस्कोटाले विगतमा जे जसरी बालापन बिते पनि अबको समयमा आम बालबालिकालाई अनुशासित भएर आफ्नो जिम्मेवारी निभाउनुपर्ने बताए । बालबालिकाको ज्ञान र क्षमता भर्ने कुरा परिवारबाट नै हुने र बालबालिकालाई पढेर मात्रै नभई बाहिरी ज्ञानले पनि थप निपुण बनाउने भएकाले अभिभावकले त्यसतर्फ ध्यान दिन आवश्यक भएको उनले बताए । उनले बालअधिकारबाट कुनै पनि बालबालिका वञ्चित हुनुनपरोस भन्दै उनिहरुले पाउनुपर्ने अधिकारमा भेदभाव हुन नदिन आम अभिभावक सचेत हुनुपर्ने बताए । बालबालिकाको जीवनको दिशा परिवारबाट हुने भएकाले अभिभावकहरुले पनि त्यही अनुसारको शिक्षा दिन आवश्यक रहेको मन्त्री बाँस्कोटाको भनाइ छ ।
कार्यक्रममा काभ्रे जिल्लाका १३ वटा स्थानीय तहका बालमैत्री वडा घोषीत बाल क्लवहरुलाई सम्मान गरिएको थियो । साथै बालअधिकारको क्षेत्रमा निरन्तर सहयोग पु¥याएको भन्दै धुलिखेल नगरपालिका सामाजिक विकास शाखा अधिकृत विदुर गौतम, सामाजिक अभियन्ता कृष्णचन्द्र आचार्य र अधिकारकर्मी भोजराज तिमल्सिनालाई सम्मान गरिएको थियो । बालबालिकाहरुको विभिन्न गतिविधिहरु समेत समेटेर स्मारिका प्रकाशन गरिएको थियो ।
जिल्ला अध्यक्ष रञ्जन पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल अधिकारको क्षेत्रमा कार्य गर्ने, बाल मैत्री वडा घोषणा गर्ने, पुर्व बाल क्लवका अध्यक्षहरु तथा विभिन्न क्षेत्रबाट योगदान र्पुयाउनेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामा, बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, एसओएस बालग्रामका निर्देशक इश्वरी पौड्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, कृष्णचन्द्र आचार्य, संस्थापक अध्यक्ष निगम हुमागाई लगायतले मन्तब्य राखेका थिए ।

Facebook Comments Box