रोशी सहकर्मी–मंङसिर २८,
बनेपा/

सात बुँदे घोषणापत्र जारी गर्दै पाँचौ बाल भेला बालभेलाले गान्धिव गौतमको अध्यक्षतामा १३ सदस्यी कार्यसमिती गठन गरेको छ । १३ वटै स्थानिय तहबाट बाल क्लवका प्रतिनिधीहरुले भोटिङ गरेर आफ्नो प्रतिनिधी चयन गरेका छन् । बालभेलाले उपाध्यक्षमा सुवोध धिमाल, सचिवमा भवानी दाहाल, सह–सचिवमा सविना विक, कोषाध्यक्षमा सुभद्रा तिमल्सिना चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सुजन सापकोटा, काजोल लुकलुङे, सन्जु उप्रेदी सुदिना हुमागाइ, मनोज रानामगर, विनिता चिमौरीया, रेणु थिङ र मालती कँुवर चयन भएका छन् । भेलाको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेका थिए ।
त्यस्तै भेलाले सात बुँदे घोषणापत्र जारी गरेको छ । सुनिश्चित बालअधिकार समृद्ध नेपालको आधार भन्ने नाराका साथ भएको बालभेलाले बालअधिकार महासन्धि, नेपाल गणराज्यको संविधान र बालबालिका सम्बन्धी ऐन कानून र नीति नियमहरुको सम्मान गर्दै राज्यका सबै तहगत सरकारसँग सात बुँदै माग गरेका छन । “जसमा जिल्लाका सम्पूर्ण तहहरुलाई बालमैत्री बनाइयोेस, बालबालिकामाथि भइरहेको सबैखाले यातना, हिँसा र दुव्र्यवहारको अन्त्य गरियोस” ।
“सबै बालबालिकाको लागि शिक्षा र स्वास्थ्यमा सर्वसुलभ पहुँचको व्यवस्था गरी कार्यान्वयन गरियोस, जिल्लालाई बालश्रम र बालविवाहमुक्त बनाइयोस, सबै क्षेत्रमा बालमैत्री, बालसुलभ तरीकाले बालबालिकाको पहँुचयोग्य न्यायको व्यवस्था गरियोस, बाबुआमा गुमाएका अभिभावकविहिन बालबालिकाहरुलाई राज्यले अभिभावकत्व ग्रहण गरी राज्य नै संरक्षक बनोस र सबैखाले अपाङ्गता भएका बालबालिकाहरुको उचित संरक्षकत्व राज्यले ग्रहण गरोस” ।
जिल्ला अध्यक्ष रञ्जन पौड्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बालअधिकारको क्षेत्रमा निरन्तर सहयोग पु¥याएको भन्दै अधिकारकर्मी भोजराज तिमल्सिना, धुलिखेल नगरपालिका सामाजिक विकास शाखा अधिकृत विदुर गौतम र सामाजिक अभियन्ता कृष्णचन्द्र आचार्यलाई सम्मान गरिएको थियो । त्यस्तै बाल अधिकारको क्षेत्रमा कार्य गर्ने, बाल मैत्री वडा घोषणा गर्ने, पुर्व बाल क्लवका अध्यक्षहरु तथा विभिन्न क्षेत्रबाट योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो । बालबालिकाहरुको विभिन्न गतिविधिहरु समेत समेटेर स्मारिका प्रकाशन गरिएको थियो ।

Facebook Comments