रोशी सहकर्मी–मंङसिर २८,
धुलिखेल/

नेपाली काँग्रेस काभ्रे प्रतिनिधिसभा क्षेत्र न २ अन्र्तगतका तीन नगरपालिकामा काँगे्रसको सभापति चयन भएका छन । संघीय संरचना अनुसार नेपाली काँगे्रस प्रतिनिधि सभा क्षेत्र न २ ले सभापति चयन गरेको हो । धुलिखेलमा जीत कृष्ण घिनाजुं, पाँचखालमा गणेश अधिकार र मण्डनदेउपुरमा रामहरी सापकोटा चयन भएका छन । साविक वडा तथा गाविसका सभापति सहभापतिमा रहेका छन । समायोजन कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति मधुप्रसाद आचार्य, उपसभापति अच्युत पौडेल, प्रतिनिधिसभा सभापतिद्धय कञ्चनचन्द्र बादे र तीर्थ लामा, नेता गाणेश लामा, सचिव दिनेश लामा, सहसचिव ईश्वरी ओझा, प्रदेश सभापति महेश खरेल र रमेश हुमागाई, विदुर घिमिरे लागयतको उपस्थिती रहेको थियो । प्रतिनिधि सभा क्षेत्र न १ ले नमोबुद्ध नगरपालिका, रोसी, तेमाल, खानीखोला, महाभारत र चौारीदेउराली समायोजन सकेका छ ।

Facebook Comments