रोशी सहकर्मी–मंङसिर २९,
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ को ६ किलोमा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख सई राजेश दाहालले घटनाको पुष्टि गरे । दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरीको ६ किलोमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने १३ जनामध्ये ८ जना महिला, ३ जना पुरुष, एक बालक र एक बालिका रहेका प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वारा भन्ने ठाउँबाट बस ५ सय मिटर तल खसेको छ । घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी छ । दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर भक्तपुर फर्किदै गरेको बस दुर्घटना भएको हो । बसमा करिब ३० जना जति सवार रहेका थिए । बसमा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments