छबि चौँलागाँई–मंङसिर २९,
भकुण्डेवेशी (कुटुम्ब रिसोर्ट)/

रोशी गाउँपालिकाले सामाजिक सुरक्षानीति बनाउने भएको छ । गाउँपालिकाले सेभ द चिल्ड्रेन र नाङशाल एशोसिएसन नेपालको सहयोगमा सामाजिक सुरक्षानीति निर्माण सम्बन्धी प्रारम्भिक अन्तक्र्रिया कार्यशाला भकुण्डेमा सम्पन्न गर्दै यस्तो निर्याय गरेको हो । कार्यशालामा सामाजिक सुरक्षानीतिमा समेटिने बिषयहरुमा समूहगत छलफल गरी कार्यक्रमहरुको पहिचान गरिएको थियो ।
कार्यशालाको समापन कार्यक्रममा नाङशाल एशोसिएसन नेपालका कार्यकारी निर्देशक गुणराज मुक्तानको अध्यक्षतारहेको थियो भने रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रोशी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले गाउँपालिकाले सामाजिक सुरक्षाको क्षेत्रमा बिभिन्न नमूना कार्यक्रमहरु गरिरहेको बताए । साथै आगामी दिनमा गाउँपालिकाले आफनै नीति तयार गरेर सोहि अनुसार प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्न यो कार्यशाला आयोजना गरिएको बताए ।
प्रमुख अतिथि लक्ष्मी उप्रेती बर्तौलाले प्रारम्भिक अन्तक्र्रियाले सामाजिक सुरक्षानीतिमा समेटनुपर्ने बिषयमा मार्गनिर्देश गरेको बताईन् । गाउँपालिकाले सामाजिक सुरक्षाको बिषयलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्न पनि नीतिले मद्धत गर्ने भएकोले सेभ द चिल्ड्रेन तथा नाङशाल एशोसिएसनलाई नीति निर्माणमा सहजीकरण गरेकोमा धन्यवाद दिईन् । कार्यक्रमको समापन गर्दै नाङशालका कार्यकारी निर्देशक गुणराज मुक्तानले सामाजिक सुरक्षा सम्बन्धी बिषय संवेदनशील रहेकोले यसलाई प्राथमिकतामा राखेर कार्यशाला आयोजना गरिएको बताए । यो प्रारम्भिक छलफल भएकोले आगामी दिनमा पनि निरन्तर समन्वय र सहकार्य रहने धारणा राखे ।
कार्यशालामा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौला, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु साथै सम्बन्धित शाखाका कर्मचारीहरु, सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक विश्व रत्न पुन, कार्यक्रम संयोजक हेमन्त दंगाल लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments