रोशी सहकर्मी–मंङसिर ३०,
नमोबुद्ध/

जिल्लाको नमोवुद्ध नगरपालिका भित्रका वडा नम्वर ३ र ४ को सिमाना हेरफेर भएको भन्दै वडा वासी आक्रोसित भएका छन् । नगर भित्रका यी दुइ वडाको सिमाना हेरफेर भएको भन्दै स्थानीयले वडा नम्वर ४ सिमाना विवाद संघर्ष समिति गठन गरी विरोधको कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको छ । वडा नम्वर ४ सिमाना विवाद संघर्ष समितिका अध्यक्ष अर्जुन बहादुर कार्की, नेपाली कांग्रेस वडा सभापति राम बहादुर भुजेल, नेकपा ४ नम्वर वडा कमिटी अध्यक्ष टीका गिरी, इन्द्र गैरापिप्ली, राम चिमौरीया द्धारा हस्ताक्षरित विज्ञप्तीमा सिमाना हेरफेरका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आजको यस आम भेला तथा संघर्ष समितिले सम्पूर्ण सरोकारवाला निकायहरुलाइ सिमाना हेरफेर सम्बन्धि कुनै पनि निर्णय नगर्न नगराउनहुन जोडदार माग गरिएको छ । सिमाना हेरफेर सम्बन्धि वडा नं. ४ का नागरिकहरुको चाहाना विपरित कुनै पनि निण्र्नय भएमा वडा कार्यलय र नमोबुद्ध न.पा. का. कार्यलयमा आम धर्ना, तालाबन्दी तथा विरोध कार्यक्रम गर्न यस संघर्ष समिति बाध्य हुने र सोको जिम्मेवारी वडा नं ४ कार्यलय र नगर कार्यपालिकाको कार्यलय जिम्मेवार रहने छ । आजको मितिले ३ दिन भित्र यस वडा नं ४ ले आम नागरिकको माग बमोजिम सरोकारवाला निकायहरु समक्ष लिखित धारण पठाउनु पर्ने छ र स्पष्ट लिखित धारणा नआएमा भेलाको निर्णय बमोजिम संघर्ष समितिका कार्यक्रमहरु अगाडि बढाउने कुरा जानकारी गराईन्छ ”– विज्ञप्तीमा लेखिएको छ ।
संघर्ष समितिले वडा कार्यालय तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई पनि ज्ञापन पत्र वुझाएको थियो । तर अझैसम्म पनि त्यसको कार्यान्वयन नभएपछि ३ दिनभित्र वडा कार्यालयले आम नागरिकको माग बमोजिम सरोकारवाला निकाय समक्ष लिखित धारणा पठाउन पनि माग गरिएको छ । साविक मेथिनकोट गा.वि.स.लाई नेपाल सरकार मन्त्री परिषद्को राज्य तथा स्थानीय तह पुनःसंरचना अनुसार साविक मेथिनकोट गाउँ विकास समितिलाई नमोवुद्ध नगरपालिका वडा नम्वर ३ र ४ कायम गरिएको थियो । उक्त सिमाना भुगोल, जनसंख्या, पुर्वाधार, स्थानीय प्राकृतिक स्रोत र साधनको बाँडफाँडको आधारमा उपयुक्त भएको स्थानीयको भनाई छ । तर प्रदेश नम्वर ३ सरकारले नगरपालिकाको वडा नम्वर ३ र ४ को सिमाना हेरफेर गर्दै वडा नम्वर ३ को केहि भु–भाग कटाई वडा नम्वर ४ मा गाभेपछि स्थानीय असन्तुष्ट बनेका हुन् ।

Facebook Comments