रोशी सहकर्मी–मंङसिर ३०,
काभ्रे/

जिल्ला प्रहरी प्रमुखमा रविकुमार पौडेलल नियुक्ति भएका छन् । काभ्रे प्रहरी प्रमुख जयराज सापकोटाको काजमा सरुवा भएसँगै काभ्रे प्रहरीले नयाँ प्रहरी प्रमुख पाएको हो । उनले हिजो (आइतबार) जिल्लाका पत्रकारहरुसँग परिचय कार्यक्रमको आयोजना गर्दै शान्ति सुरक्षामा कुनै कमी हुन नदिने बताए । उनले आफ्नो कार्यकालमा लागुऔषध रोकथामका लागि कार्यक्रम संचालन गर्ने, गुण्डागर्दि हटाउने, सडक दुर्घटना रोकथामका कार्यक्रमहरु संचालन गर्ने, फरार रहेको अभियुक्तलाई समातेर अदालतसम्म लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । २४ वर्षदेखि प्रहरी सेवामा खटिएका उनि आफु जनताको सेवक भएर काम गर्ने र जनतालाई पहुच पावरको भरमा कानुनबाट बञ्चित हुनुपर्ने अवस्था आफुले नबनाउने उनको भनाई थियो । शान्ति सुरक्षालाई चुस्त बनाउन योजनाबद्ध रुपमा अगाडि बढ्ने बताएका छन् । पौडेल यस अघि प्रदेश १ को ट्राफिक प्रहरी इन्चार्जको रुपमा कार्यरत थिए ।

Facebook Comments