रोशी सहकर्मी–मंङसिर ३०,
पनौती/

पनौती नगरपालिका वडा नं ४ को वडा कार्यलय भवन बन्ने भएको छ । सोमबार पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले शिल्यान्यास गरेका हुन् । शिलान्यास सँगगै आजैबाट काम शुरु भईसकेको छ । रु ४ करोड ७५ हजारमा बन्ने भवन अपाङ्गमैत्री हुने मेयर न्यौपानेले बताए । १७ महिनामा निर्माण सकिने गरि काम सुरु गरिएको नगरपालिकाले जनाएको छ । हाल संचालनमा रहेको वडा कार्यलय निकै सानो रहेको र साघुरो तीन वटा कोठा बाट सेवा प्रबाह हुँदै आएको थियो । कोठा अपुग भएका कारण भवन निर्माण गर्न लागिएको बताउँदै उनले वडा नं ३ को वडा कार्यलय पनि छिटो भन्दा छिटो निर्माण कार्य सुरु गर्ने मेयर न्यौपानेले बताए ।
पनौती नगरपालिका ४ नम्बर वडाका अध्यक्ष वुद्धसिं थापाले वडा कार्यलय निर्माण हुन लागेकोमा खुसी व्यक्त गर्दै छिटो भन्दा छिटो भवन निर्माण गरी कार्यलयबाट सेवाग्रहीहरुलाई सहज ढंगबाट सेवा दिने बताए । नगरपालिकाका इन्जिनियर प्रेमकुमार सोनामका अनुसार वडाको लागि अव सबै सुविधा सम्पन्न तीन लल्ले पक्कि भवन बन्ने छ ।

Facebook Comments