रोशी सहकर्मी–पौष ०३,
महादेवटार,

जिल्लाको महाभारत गाँउपालिकामा बन्दै गरेको प्रहरी चौकी निर्माण स्थल माथिबाट ढिस्को खसेर पुरिएका ४ जना व्यक्तिहरुको सकुशल उद्धार गरिएको छ । महाभारत गाँउपालिका वडा नं ४ महादेवटारमा निर्माण भईरहेको प्रहरी चौकीका लागी गिट्टी कुट्ने क्रममा अपरान्ह करिब ४ः४५ बजे माथिबाट ढिस्को खसेर उनिहरु पुरीएका हुन् । पुरिनेमा स्थानीय कामदारहरु रहेका छन् । प्रहरी चौकी निर्माण गर्न आवश्यक गिट्टीको लागी ढिस्को खन्ने क्रममा उनिहरु पुरिएको स्थानीय कान्छा मान वाईबाले जानकारी दिएका छन् । घटना लगतै स्थानीय प्रहरी चौकी महादेबटारका प्रहरीहरु र स्थानीहरुको सहयोगमा उद्धार गरिएको उनले जानकारी दिएका छन् । दुर्घटनामा परी घाईते हुने ४ जनालाई थप उपचारको लागी धुलिखेल अस्पताल लगिएको वडा अध्यक्ष दिल बहादुर वाईबाले बताए ।

Facebook Comments Box