रोशी सहकर्मी–पौष ०२,
तेमाल/

तेमाल गाउँपालिकाको वडा नं ७ मा १४ वटा योजनामा उपभोक्ता समिति गठन भएको छ । गाँउपालिका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङका योजना छनौट हुनु पुर्व सम्पुर्ण योजना तर्जुमा गरी उपभोक्ता समिति मार्फत काम गर्नेगरी कार्यक्रम अघि बढाईएको बताए ।
योजनाहरुमा सडक निर्माण, चौतारा निर्माण, मन्दिर, खानेपानी, पोखरी मर्मत तगायत २४ वटा योजना सम्झौता भएको छ । रेडियो रोशी सँग कुरा गर्दै वडा अध्यक्ष ज्ञान बहादुर तामाङले सबै क्षेत्रलाई समेटेर योजना निर्माण गरिको बताएका छन् ।
कार्यक्रममा वडा सदस्य मिम लाल लामा, राजु लामा, फुलमायाँ दर्जी, वडा सचिव अमिता श्रेष्ठ लगायत वडा बासी हरुको सहभागिता रहेको थियो । तेमाल गाँउपालिकाले पछिल्लो समयमा जनताको हितमा काम गर्ने मनसायले वडामानै गएर योजनाको सम्बोधन गर्दै अएको छ ।

Facebook Comments Box